मर्दीखोला सरसफाई र -याफ्टिङ गरिने



विश्व पर्यटन दिवसको पुर्वसन्ध्यामा बुधबार बिहान पोखरामा खानेपानी आपुर्ति भईरहेको मर्दीखोलाको मुख्य मुहान परिसरमा सरसफाईगरिने भएको छ । त्यससँगै बुधबार नै सेती र मर्दिको दोभानबाट याम्दीको जौबारीसम्म ¥याफ्टिङ पनि गरिने आयोजकले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को संयोजन तथा नेपाल एशोसिएन अफ ¥याफ्टिङ एजेन्टस (नारा) र ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरको आयोजनामा सरसफाई तथा ¥याफ्टिङ कार्यक्रम राखिएको संयोजक बसन्तराज दवाडिले जानकारी दिए ।
दवाडिका अनुसार सेती र मर्दिको दोभानबाट याम्दीको जौबारीसम्म करिब ५ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ आयोजना गरिनेछ । त्यसमा पर्यटन व्यवसायी, स्थानीयबासि र संचारकर्मी गरि करिब ४० जना सहभागि हुनेछन् । त्यस्तै मर्दीस्थित खानेपानी मुहान सरसफाईसँगै उक्त स्थानमा जनचेतनामुलक कार्यक्रम पनि संचालन गरिनेछ । पदयात्रा र सरसफाईसँग सम्बन्धि जानकारी दिनेगरि जनचेतनामुलक कार्यक्रम गरिने उनले बताए ।
हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ । त्यसै क्रममा यो वर्ष ‘टुरिजम एण्ड वाटर प्रोटेक्टिङ आवर कमन फ्युचर’ (पर्यटन र पानीको बचत, साझा भविष्य) भन्ने नाराका साथ परिषद्ले मर्दी र सेतीमा कार्यक्रम गर्ने पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

परिषदले यसै अवसरमा लेकसाईडको कोमागाने पार्कमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला पनि संचालन गरिरहेको छ । परिषद अध्यक्ष भुृजेलले विश्व पर्यटन दिवसलाई प्रभावकारि बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । परिषद्ले सेप्टेम्बर २७ का दिन पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पहिलो पाईला टेक्ने विदेशी पर्यटकलाई स्वागत गर्ने पनि जानकारी दिए ।
source:http://www.pokharacity.com