पूर्व राजा ज्ञानेन्द्रसँग सर्वसाधारणले लगाए टीका (भिडियोसहित)

     विजयादशमीको दिन पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले टीका ग्रहण गरेपछि सर्वसाधारणलाई टीका लगाई दिएका छन् । विगतमा झैं यस पटक पनि सर्वसाधारणहरु पूर्व राजासँग टीका थाप्न निर्मल निवास पुगेका थिए । उनीहरुलाई पूर्व राजदम्पतीले टीका लगाई दिएका थिए । पूर्व राजासँग टीका लगाउन गएकाहरुले राजसंस्थाप्रति आफूहरुको आस्था र विश्वास कायम रहेको बताए । पूर्व राजासँग टीका लगाउन पूर्व पञ्च सुरक्षा निकायका पूर्व अधिकृत, पत्रकार, साधुसन्त लगायत राजावादीहरु निर्मल निवास पुगेका थिए ज्ञानेन्द्रको हातबाट टिका थाप्नेमा कमल थापा, गायक योगेश्वर अमात्य, कलाकार शैलजा पाण्डे हरु पनि थिए।
२ बजे शुरु हुने भनिएको टिकाको कार्यक्रम सवा ३ बजे पछी मात्र शुरु भएपछी धेरै मानिस निवास बाहिरै लाइनमा लागेका थिए। राजधानीमा दिन भर पानी परेकाले छाता नबोकेका मानिसहरु भिज्दै लाइनमा थिए।
 (कमल थापाले ज्ञानेन्द्रको हातबाट टीका लगाउदै ।)

लाइन लामो भएपछि केही धकेला धकेला हुँदा तनावको स्थिति पनि पैदा भएको थियो।
टिका लगाउँदा पुर्व राजा ज्ञानेन्द्रसंग उनकी श्रीमती कोमल शाहा पनि थिइन्।
टिका लगाउने क्रममा ज्ञानेन्द्र अत्यन्त खुसी देखिएका थिए। 
उपस्थित मानिसहरुले राजाको पक्षमा नारा समेत लगाएका थिए। 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ', 'राजा आउ देश बचाउ' जस्ता नारा लाग्दा ज्ञानेन्द्रको मुहार थप हँसिलो थियो।
tika 1


tika 1
tika 1

tika 1
tika 1
tika 1

tika 1
tika 1
tika 1
tika 1
tika 1
tika 1

tika 1

tika 1

tika 1

tika 1
tika 1



tika 1
पूर्व राजा ज्ञानेन्द्रसँग सर्वसाधारणले लगाए टीका (भिडियोसहित)