चर्चित निर्देशक शिव बिकलाई यौन दुराचारको गम्भिर आरोप

shiva_bkम्यूजिक भिडियोमा बेग्लै छाप बनाएका चर्चित निर्देशक शिव बिकलाई यौन दुराचारको गम्भिर आरोप लागेको छ ।
लोक, आधुनिक र चलचित्रका गीतमा समेत निर्देशन गरीसकेका बिकले एक युवतीलाई यौन दुराचार गरेको आरोप लागेको हो ।
पुतलीसडकमा रहेको आफ्नै कार्यालयमा बिकले दुव्र्यबहार गरेको युवतीले बताएकी छन् ।

म्यूजिक भिडियोमा अभिनय गर्न आएकी नाम परिवर्तन ( बिनिता )लाई शिव बिकले जबरजस्ती गर्न खोजेको आरोप उनको छ ।
आफूलाई जबरजस्ती बलात्कार गर्न खोजेको उनले नेपाली कलालाई बताइन् । शिव बिकले आफूलाई गरेको व्यवहारबारेको झण्डै ६ मिनेट लामो उनको बयान रेकर्ड नेपाली कलामा सुरक्षित छ । उनले भनेकी छन् ‘फोटो सुट गर्न छ भनेर मलाई कार्यालयमा बोलाएर चियामा लठ्याउने औषधी राखी खान दिएका थिए । ’
उनले थपिन् ‘मैले पलाष्टिकको गिलासमा बाहिरैबाट त्यो औषधी देखेपछि खाइन् । ’ आफूलाई खान दिएको चिया बिकले उल्टै आफै खाएको र लठ्ठिएको उनको दावी छ ।
चिया पिए लगत्तै शिवले हातपात गरेको र आफूले प्रतिकार गरेको बयान नेपाली कलालाई दिएको अडियो रेकर्डमा उल्लेख छ ।
बिकले आफूलाई पहिले देखि नै पछ्याइरहेको उनको दावी छ । म्यूजिक भिडियोमा अभिनय गर्ने आफ्नो रहर भएको बताउने ती युवतीले केही भिडियोमा काम समेत गरीसकेकी छन् । दुव्र्यबहार गरेपछि उनले आफूलाई यस्तो व्यवहार मन नपरेको र घटना सार्वजनिक गर्छु भनेर बिकलाई मोवाइलमार्फत एसएमएस पठाएको समेत बताइन् ।
शिव बिक बिगत १७ बर्षदेखि निर्देशकका रुपमा परिचित छन् । तर उनले लगाएको सवै आरोप झुटो भएको बिकले दावी गरे । बिकले भने ‘मैले अहिलेसम्म कुनै नारीप्रति यस्तो दुश्कर्म गर्ने हिम्मत गरेको छैन, यो पहिलो पटक यस्तो घटना सुने, मलाई दुख लागेको छ । ’
उनले भने जस्तो दुव्र्यबहार आफूबाट नभएको बिकले नेपाली कलालाई बताए । उनले भने ‘ मेरो गाली बेइज्यती गर्न केही मान्छे पछि लागेका छन् उनीहरुको योजनामा यो बिषयबस्तु रचिएको छ । ’ ती युवतीसँग बिहान आफ्नो कार्यालयमा भेट भएर दिउँसो फोटो सुट गरेको उनले बताए ।
आफ्नो प्रतिस्पर्धामा आउन नसक्नेले यो षड्यन्त्र गरेको शिव बिकले आरोप लगाएका छन् । ‘ एउटा दलित परिवारको मान्छको प्रगति देख्न नसकेका केही व्यक्तिले सुनियोजित घटना बनाएका छन् , मलाई दलित भएकै कारण हेप्न खोजिदैछ ’ शिवले भने ।
आफूमाथि लागेको आरोपको खण्डन गर्न जतिखेर पनि तयार भएको उनको भनाई छ । आफू माथि लगाईएको आरोप पुष्टी गर्न समेत शिवले चुनौती दिए । शिबले भने ‘ बिहान जवरजस्तीको आरोप लगाउनेले दिउँसो कसरीसँगै हाँसखेल गर्दै फोटो सुट गरिन् त ?’ सँगै खिचिएको फोटो तल छ ।
‘फोटो सुट गरिसकेपछि यस्तो आरोप लगाउन मिल्छ ? ’ बिकले प्रश्न गरे ।
यो आरोपले आफूलाई मर्माहत बनाएकोले आफु आवद्धसंघ संगठनमा न्यायका लागि निवेदन हाल्ने तयारीमा रहेको बिकले बताए ।
‘एउटा बहिनी जस्ती युवतीमाथि मेरो कहिल्यै नराम्रो नजर गएन र जाने पनि छैन्  ’ उनले बताए । शिवले भने ‘ मेरो मानहानी भएको छ , एउटा सार्वजनिक मान्छेलाई यस्तो आरोप लगाउनु ठूलो अपराध हो  । ’
SOURCE:http://www.nepalikala.com/2014/05/26/1846


भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि हौसिएका कमल थापा गिरिजाको भाषण लेख्थे.......


Kamal Thapa12_20131029015728



पालका चर्चित फुटवल खेलाडी गणेश थापाले दाई कमल थापाका बारेमा भनेका थिए, ‘सानैदेखि दाई लेखनमा अति नै पोख्त हुनुहुन्थ्यो । बोल्न समेत उहाँलाई कसैले जित्न नसक्ने । नेपाली र अंग्रेजी दुबै दक्षता थियो । अहिले यो भन्दा कसैलाई पत्यार नहोला, गिरिजाबाबु प्रधानमन्त्री हुँदा उहाँका कतिपय भाषण कमल दाईले नै लेख्नुभएको मलाई थाहा छ । कहिलेकाँही गिरिजावावुको भाषणसमेत करेक्सन गर्नुहुन्थ्यो । एकचोटी गिरिजाबाबुले प्रभावित हुँदै भन्नुभयो, कमलजी गलत पार्टीमा पर्नुभयो, तपाईजस्तो व्यक्तित्व भएको मान्छे हामीकहाँ हुनुपर्ने ।’ गिरिजावावुले मात्र हैन, राप्रपा नेपालका अध्यक्ष कमल थापालाई कतिपय बामपन्थी नेताले पनि भन्थे रे, ‘कमलजी तपाईको विचार मात्र दक्षिणपन्थी हो, हैन भने अध्ययनशील, स्पष्टवक्ता, विचारवान र जुझारुपन त हामी कम्युनिष्टसँगै मिल्छ ।’ रुसमा लामो समय बिताएका एक उपाध्याय थरका लेखकले यो पंक्तिकारसँगको भेटमा धेरै वर्ष पहिले भनेका थिए, ‘कमल थापाजी काँग्रेसमा भएको भए खुमबहादुर खडका, गोविन्दराज जोशी र अर्जुन नरसिंह केसीहरुलाई उछिन्थे होला ।’ सादा जीवन विचार पश्चगामी भए पनि कमलको जीवनशैली भने अनुकरणीय छ । उनी नरम र सरल भाषामा बोल्छन् । चित्त नबुझेको अवस्थामा समस्यालाई कुटनीतिक तरिकाले व्यवस्थापन गर्न माहिर छन् । घरमा जे पाके पनि सहजै स्वीकार गरेर मिठो मानी मानी खान्छन् । जाँड, रक्सी र चुरोट जिन्दगीभर छुदै छोएनन् । उनी पोशाक पनि सामान्य नेपाली लगाउँछन् । बाहिर जाँदा मात्र क्याजुअल हो, अन्यथा उनी ब्रान्ड कन्सस पनि छैनन् । नेपाल टेलिभिजनको ‘सेरोफेरो’ कार्यक्रमका लागि करीब दश वर्ष पहिले उनको अन्तवार्ता लिन जाँदा उनले भनेका थिए, ‘बाहिर कतै कार्यक्रम नभएको बेला साँझ साढे ६ बजेभित्र घरमै आउँछु । पार्टीहरुमा पनि खासै जान्न ।’ यो स्वभाव अहिले पनि कायमै छ । शान्त स्वभाव, अध्ययनशील । घरमा टिभी हेरेर मनोरंजन गर्नुको साटो किताब अध्ययन गर्छन् । उनी सितिमित रिसाउन्न, तर रिसाए भने कडै रिसाउँछन् । यो वीरगञ्जमा एक पटक राप्रपाको महाधिवेशन हुँदा स्रोतको गलत सूचनाका कारण यो पंक्तिकारले त्यसबेला कान्तिपर दैनिकमा लेखेको थियो, ‘महाधिवेशनमा कमल थापाको हालत दयनीय । केन्द्रीय सदस्यमै हार्ने संभावना ।’ राजेश्वर देवकोटाजीको सूचना थियो त्यो । तर फेल खायो । पछि यसबारेमा देवकोटाजीसँग मैले गुनासो गर्दा भनेका थिए, त्यसबेला उहाँ हार्ने अवस्थामा हुनुहुन्थ्यो, अब जित्नुभयो । राजनीति स्थीर त रहन्न नी बाबु ।’ कमलले केन्द्रीय सदस्य पदमा रामै्र भोट ल्याएर जितेका थिए । कान्तिपुरमा त्यो समाचार छापिएको दिन ‘कमल दाई’ले यो संवाददातालाई देख्नासाथ झम्टुला झैं गरेका थिए । भनेका थिए, ‘कुसुमजीले मलाई एक पटक पनि नसोधी जे पायो त्यही लेख्ने ?’ उनको रिस देखेर धेरै छक्क परेका थिए । पछि सम्हालीए । भेटरान खेलाडि पहिले फुटवल र पछि टेनिस खेलाडि भएर होला कमल शारीरिक तन्दुरुस्तीमा विश्वास गर्छन् । काठमाडौंदेखी नयाँ दिल्ली र हैदराबादसम्म टेनिस खेल्न जान्छन् । उनले एकपटक नेपालका ३५ वर्षमाथिका नम्बर एक खेलाडिलाई हराएका छन् । भारतमा २०६७ मा भएको भेट्रान टेनिसप्रतियोगीतामा कमल थापाले उपाधी चुमेका थिए । उनी अल इन्डीया प्रतियोगितामा उनले आन्ध्र प्रदेशका एम सुरेशलाई हराएका थिए । शुरुमा फुटवल खेलाडिका रुपमा कहलिएका कमल थापा अचेल पनि बेला बेलामा दिल्ली, हैदराबाद, बैंगलोर लगायतका क्षेत्रमा टेनिस खेल्न जान्छन् र कुनै न कुनै उपाधी जितेर आउँछन् । खेलको यो पाटो उनको विशेषता हो । १७ वर्षमै राजनीतिमा सानैदेखी उनमा नेतृत्व क्षमताको गुण थियो । नाटक र फुटवल खेल्थे । गीत लेख्थे । कविता भन्थे । उनले १३ वर्षको उमेरमै एसएलसी पास गरे । १७ वर्षको उमेरमा विश्वविद्यालय भर्ना भए । अनी तात्कालीन राष्ट्रवादी विद्यार्थी मण्डलको सभापति भए । बुबा सैनिक सेवामा भएकाले उनले आफ्ना छोराहरु नेत्र, कमल र गणेशलाई आर्मीमा भर्ना गरे । तर, नेत्र मात्र सेनामा सफल भए । कमल र गणेश भने कोही राजनीति त कोही फुटवलमा जमे । तन्नेरी हुँदा कमल फुटवलमा लागे । उनी डिफेन्समा खेल्थे भने भाई गणेश स्ट्राइकर । कमलको फुटवल खेलबारे एकपटक भाइ गणेशले भनेका थिए, ‘दाई डटेर फुटवल खेल्नुहुन्थ्यो । डिफेन्सबाट आएर हेड गर्न पनि खप्पीस ।’ सन् १९८१ मा कमल फुटवल सँघको अध्यक्ष भए । करीब २६ वर्षकै उमेरमा एन्फा अध्यक्ष भए । तर, फुटवलमा लामो समय रहेनन् र लागे, राजनीतितिर । राजनीतिमा यसरी लागे की उनले पछाडी फर्केर हेर्नुपरेन । मकवानपुर गृह क्षेत्र भएका थापा अहिले पनि राजनीतिको मुलधारमै छन् । पंचायलकाल, बहुदल काल, शाही काल र अहिले गणतन्त्रकालमा पनि राजनीतिको शिर्षमा रहन सफल कमलको सदाबहादर शैलीको सबै प्रंसँसा गर्छन् । अन्य दिग्गज पुर्व पंचहरु राजनीतिको कन्टेनरमा मिल्कीसक्दा पनि कमल खुलामंचबाट चोर औंला तेस्याउँदै ठूला दलहरुलाई चुनौती दिइरहेका छन् । पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरमा जमानत जफत भएका थापा यसपाली भने समानुपातीक उम्मेदवार बनेर सभासद भएका छन् । साथै आफ्नो पार्टीलाई पनि उल्लेख्य स्थान दिलाउन सफल भएका छन् । दमनकारी छवी बोली बचन मिठो भए पनि सत्तामा हुँदा उनको कार्यशैली भने विरोधीप्रति आक्रामक हुने गरेको छ । निरंकुश साशषकका दमनकारी रक्षाकवचका रुपमा उनको परिचय स्थापित भएको छ । पञ्चायतकालको अन्तीम कालमासमेत मन्त्री भएका थापाले बहुदलवादीहरुलाई ‘अराष्ट्रीय तत्व’ भन्दै व्यापक दमन गरेका थिए । निरंजन थापा र कमल थापा त्यसबेला दमनकारीका रुपमा निकै चर्चित थिए । शाही कालमा गृहमन्त्री भएपछि कमल जनयुध्द दमन गर्ने नाममा हरेक दिन ‘आतंककारी खोज्ने’भन्दै हेलिकोप्टर चढेर द्वन्द्व प्रभावित क्षेत्रमा जान्थे । मुसा प्रवृत्ती विगत बाह्र वर्षको संसदीय कालखण्डमा कमल मुसा प्रवृत्तीका रुपमा चिनिए । बिगत सत्ता समीकरणमा कहिले सुर्यबहादुर थापा त कहिले चन्दको क्याम्पमा गइरहने कमलको दल बदलु रवैयाबाट सबै परिचित छन् । त्यसबेला नक्सालस्थित तात्कालीन राप्रपाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्रकारले सोधे, ‘कमल थापा त तपाईको मान्छे, सुर्यबहादुर थापातिर लागे नी ?’ चन्दले भनेका थिए, ‘अब मुसाहरुको कुरा नगर्नुस्, ति मुसा हुन् ।’ चन्दका अनुसार मुसाहरु डुंगामा सबैभन्दा पहिले प्वाल पार्छन् र पानी भरीएर डुंगा पल्टिने अवस्था आएमा मुसाहरु नै पहिले डुंगाबाट फुत्त फुत्त बाहिर भाग्छन् । शाहीकालमा भ्रष्टाचार गरेको आरोप पनि उनीमाथि लाग्यो । आतंककारी दबाउने नाममा दैनिक पाँच लाख कुनै हर हिसाब खर्च गरेकोमा उनी आलोचीत पनि भए । कमललाई पछि अख्तियारले राज्यको ढुकुटीबाट रकम दुरुपयोग गरेका भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । अख्तियारले थापाविरुध्द गरेको अनुसन्धानमा ९७ लाख ६२ हजार रुपैयाँ भ्रष्टाचार भएको उल्लेख गरेको थियो । २०६३ सालमा लोकतन्त्र आएपछि कृष्ण सिटौला गृहमन्त्री थिए । त्यसबेला समाजमा केही असामाजिक गतिविधि हुन थाले । शान्ति सुरक्षा संकटमा प¥यो । समाजमा अराजकता मच्चाउन लागेको आरोप लागाउँदै कमल थापालाई पक्राउ आदेश पनि जारी गरिएको थियो । गणतन्त्र आएपछि कमलले बारम्बार भन्दै आएका छन्, ‘ठुला दलहरुले राजालाई धोका थिए ।’ उनका अनुसार संवैधानिक राजतन्त्र राख्ने शर्तमा राजाले संसद पुर्नस्थापना गरेका थिए । तर पछि विदेशी दबाबमा धोका दिइयो । मोदी कनेक्सन भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि कमल थापा हौसिएका छन् । केही दिनअघिसम्म राजतन्त्रको लाइन छाडने संकेत गरिरहेका थापाले फेरी भन्न थालेका छन्, हामी कुनै हालतमा राजतन्त्रको लाइन छाड्दैनौं । राजतन्त्र फर्काउने दाउमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीसँग सहयोगका लागि पहल पनि गरेको थियो । अध्यक्ष थापाले चुनावअघि भाजपा नेता एवं तात्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र बहालीका लागि प्रभावकारी सहयोग गर्न आग्रह पनि गरे । राप्रपा नेपालका केन्द्रीय सदस्य दमन बस्नेतले पनि कमल थापा र मोदीको भेटको खुलासा गरेका थिए । दमनले आफनो फेसबुक स्टाटसमा लेखेका छन, ‘भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग नेपालमा हिन्दू राष्ट्र बहाली गर्न सहयोग गर्ने बचन दिएकाले हामी सबै राप्रपा नेपाललाई जिताउन निर्वाचनमा लागौं ।’ २०७० सालको दशैंको अष्टमीका दिन अर्थात गत असोज २६ गते भारतका धामिर्क गुरु पण्डित शिव शंकरले बैंगलोरमा आर्ट अफ लिभिङसम्बन्धी कार्यक्रम राखेका थिए । त्यो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापालाई प्रमुख अतिथिको रुपमा डाकिएको थियो । सोही कार्यक्रममा सहभागी हुने क्रममा अहमदाबादमा थापाले मोदीलाई भेटेका थिए । फर्कने बेलामा थापाले विराटनगर विमानस्थलमा पत्रकारसँग त्यसबेला भनेका थिए, ‘भारतका भावी प्रधानमन्त्री मोदीजीसँग उहाँकै निवासमा मेरो एक घन्टा कुराकानी भयो । हिन्दु राष्ट्र बहालीका लागि आफनो सद्भाव रहेको मोदीले बताउनुभयो । विश्वका एक अर्ब आठ करोड हिन्दुहरुको भावना पनि नेपाल हिन्दु राष्ट्रकै रुपमा रहोस् भन्ने रहेको मोदीजीको भनाइ रह्यो ।’
http://www.ratopati.com/2014/05/25/132104.html

यात्रीको एउटा अबिश्मरणिय यात्रा

अप्रिल महिनाको दिन हरियाली बिहिन खाडी मरुभुमिमा फाटफुटे पोथ्राहरुका हाँगामा रात्री शितको प्रभावले होला चिसो चिसो देख्न सकिन्थ्यो ।मरुभुमिको सतह शितले लचक्क भिजेको थियो,फराकिला सडकमा गुडेका तेज वहाँनका आवाज कानमा ठोक्किदै थियो ।खै किन हो कुन्नी आज मलाई निकै खुशी लागेको छ।अप्रिल १८ सन २०१३ राती अबेर सुतेपनी खासै निद्रा लागेनछ मलाई शायद आबश्यक नभएरपनी हुन सक्छ ।खाडीको एउटा कन्स्ट्र्क्सन कम्पनी  आरामदायी अनी बिलाशी बिस्तारा पक्कै थिएन, साँघुरो कोठामा सुतेका हामी चार जना मध्य तीन जना साथीहरु कृष्ण,ईन्द्र र दानबहादुर दाजु बिहान उठेर काममा गैसक्नु भएको रहेछ, म आज काममा जानु नपर्ने रे त्यसैले अग्लो सिरानीमा टाउको टेकाएर सपनाहरु बुन्दै लम्पशार परेको थिएँ । आँखै अगाडि एउटा कार्टुन अनी माझौला आकारको रातो झोला अलग अलग हरियो डोरीले चटक्क बांधेर कशिएको थियो । बेला बखत घडीको सुइतर्फ पनि आँखा घुमाउदै थिएँ ।बल्ल बल्ल ७ बज्यो, म हातमा ब्रस अनी साबुन लिएर बाथरुम जान बाहिर निस्कें तातो तातो हावाको बहाव संगै झलमल्ल घाम लागेको , पर क्षितिजमा  नाङ्गा बालुवाका ढिस्काहरुले चुनौती दिए जस्तो लाग्थ्यो र पनि नियालें मैले तारेबराह जस्तो हरियो पहाड देखें  , जहाँ जङली फुल हरु फुलेका थिए भवरा हरु एक फुल बाट आर्को फुलमा चाहर्दै थिए , वर परका स-साना कम्पनिका कोलोनी हरुले जिस्क्याइरहेजस्तो लाग्थ्यो मलाई , तर मैले पल्तिर गणेश अनी मदन का घर हरु देखें कोलोनिहरुमा। वास्तवमै क्या आनन्द थियो त्यो आनुभुती, म बाथरुम मा पसें धाराको टुटी खोलें पल्तिर साहुको ढुङे धाराबाट बहने मुलको पानीको स्पर्श पाएँ, अनी आँखा चिम्म गरेर नेर्कुको चौर , तिप्लेरुम थुम्की  हुँदै मेरो शिद्दडाँडा सम्म आउँदै थिएं, अकश्मात मोबाइलको घन्टी बज्यो म झस्किएं कस्तो दिवा सपना जस्तो काल्पनिक संसार क्षणिक रुपमै भएपनी रमाइलो थियो । आखिर कल्पनाले नै उजाड ढिस्कोलाई हराभरा पहाड अनी पानी बिहिन निर्जिब मरुभुमी लाई एउटा स्वर्गको टुक्रा बनाइदिदो रहेछ। मोबाइल खल्तिबाट निकालेर हेरेको अफिसको फोन रहेछ, भारतीय मुलका  नागरिकले हिन्दी भाषामा शुभयात्राको कामना सहित  नौ बजे बिमान्स्थल जान तयारी रहनु भन्ने जानकारी दिए।म आज मेरो जन्म भुमी नेपाल जाने रे , कस्तो रमाइलो दिन , मानशिक रुपमा त म नेपाल पुगी सकेको थिएँ, बन पाखा संग लगाएको मितेरिलाई  ताजा बनाइसकेको भएपनी भौतिक रुपमा म तयार हुनु थियो ।नुवाइ धुवाइ गरेर कोठामा पसेको त हाम्रो क्याम्प अफिसमा कामगर्ने अथवा अर्को तरिकाले भन्नु पर्दा गाउँले अंकल (हिमलाल दाहाल) मेरो प्रतिक्षा गरेर बस्नुभएको रहेछ , केही क्षणको सामान्य कुराकानी पछी वहाँले मैले नेपाल लैजान तयार पारेको झोलाहरु जोख्नु भयो। कतार एयरवेजको नियम अनुसार ३५ किलो लगेज मात्र लग्न पाइने भएकोले लगेज धेरै वजनदार भयोकी भनेर म डराएको थियँ किनकी यो भन्दा पहिलो यात्रामामेरो एउटा अर्को तितो अनुभब पनि छ त्यो म पछी सुनाउँला । घडीले ८ बजाइ सकेको थियो फ्लाइट टिकेट मैले एक हप्ता पहिलेनै लिई सकेको थिएं ।दिउसो तीन बजे कतार स्थित दोहा अन्तराष्ट्रिय बिमानस्थल बाट काठमान्डौको सम्मको दुरी पुग नपुग पाँच घण्टाको अबधिमा  पारगर्ने जानकारी टिकेटको माथिपट्टी लेखिएको थियो , म टिकेटको अर्को पेज हेरिरहन चाहदैनथें किन भने ठ्याकै ६० दिन पछी म नेपाल छाडेर कतार आउनुपर्ने जानकारी अनी उडान समय तालिका दिईएको थियो । सन २००६ तिर दोहामा किनेको सामान्य मुल्यको खरानी रङ को पाईन्ट अनी प्यारिले नेपालबाट पठाएको सेतो कमिज लगाएँ नेपाल बाट कतार आउँदा लगाएका काला जुत्ता  पोलिस गर्न बिर्सेंछु हत्त पत्त पुरानो तन्नाले पुछेर लगाएँ आखिर म जे लगाएपनी "यात्री" नै हुँ ।मलाई याद छ कक्षा ९ मा हो क्यारे जगन्नाथ गुरुले पढाएको "म जुजुमान" भन्ने पाठको याद आयो । एक पटक हिमलाल अंकल लाई सोधें "अंकल कस्तो देखिएको छ ?" भनेर वहाँले ब्यङ्ग्यात्मक रुपमा "मोटे शरीरमा जे लगाएपनी सुहाउँच हामी जस्ता पिलन्दरे लाई पो शरीरमा मिल्ने कपडा पाउन पनि गाह्रो हुन्छ।" भन्नु भो , मलाई पत्यार लागेन भित्तामा झुन्ड्याइएको ऐनामा एस्सो हेरेको फालिहाल्दो नदेखिएजस्तो लाग्यो ।हिमलाल अंकल ले दिउसो  बजेको उडान भोक लाग्ला जहाजको खाना हामी नेपाली मैत्री हुँदैन भन्दै हुनुहुन्थ्यो तर मलाई खाना खान मन थिएन केबल ९ बजाउनु थियो। अनी के के कुरा गर्दा गर्दै नजिकै बाट गाडीको हर्न सुनियो भित्ताको घडीमा आँखा दौडाएको नौ बज्नको लागि पाँच मिनेट बाँकी रहेछ, बाहिर कम्पनिको गाडी मलाई दोहा बिमानस्थल सम्म छाड्न आइ सकेको रहेछ। हिमलाल अंकलले झोला हरु गाडीको पछि राख्दिनुभयो म वहाँ सगं बिदाइ भएर गाडीमा बसें चालक ले अली परको क्याम्प बाट पनि अर्का एकजना नेपाली म सँगै नेपाल जाने कुरा जानकारी गराउदै त्यस तर्फ लगे।मलाई कौतुहलता जाग्यो गाडी चालक संग भएको लिस्ट्मा नाम हेरेको हाम्रै कम्पनिका एक मात्र नेपाली इन्जिनियर दाजु " यज्ञ तिमील्सिना" हुनुहुँदो रहेछ।म भन्दा पहिले नै अर्का एकजना नेपाली पनि गाडी भित्र बसेका थिए उनी सग सामान्य कुराकानी गर्दा गर्दै हामी "यज्ञ" दाजुको कोठानेर पुगिसकेका थियौं।हामी वहाँको प्रतिक्षामा गाडी भित्रै बास्यौ गाडी चालक दाजुलाई बोलाउन वहाँको कोठा तर्फ लगे तर वहाँलाई बिमानस्थल जाने समय साढे १० बजे भनेर गलत समय दिईएको  हुनाले वहाँको तयारी पुरा नभएकोरहेछ,बाहिर हामीलाई देखेपछी वहाँ हत्त पत्त गरेर १० बजेनै तयार भएर गाडीमा आउनु भयो उमेरले पनि म भन्दा जेठा यज्ञ दाजु हाम्रो कम्पनिको एकमात्र नेपाली ईन्जिनियर मैले वहाँलाई देख्नेबित्तिकै अभिवादन गरें वहाँले पनि फर्काउनु भयो ।
गाडी आफ्नो रफ्तारमा दोहा तर्फ मोडिदै गर्दा दाजु र म केही कार्यगत कुराहरु बाँडी चुडी गर्दै केही ब्यक्तिगत अनी केही पारिवारिक कुराहरु पनि शेयर गर्यौं। लगभग साढे ११ बजे हामी बिमानस्थल पारकिंग पुगियो तिनै जना गाडी बाट झर्यौ। चाडने बेलामा हिमलाल अंकल ले लोड गरिदिनुभएको झोलाहरु म आँफै झारें अनी ट्रलिमा राखेर बिस्तारै बिमानस्थल प्रबेस द्वार तर्फ लाग्यौं ।मेरो सामान अली धेरै भएजस्तो मानेर होला यज्ञ दाजुले " सामन धेरै भएको भए म सहयोग गर्छु" भनेर सौहर्दता साथ मलाई भन्नु भयो
मैले पनि सहमती नजनाउने कुरै भएन, किनकी यसरी सहयोग गर्छु भन्ने ब्यक्ती पाउन मुस्किल पर्छ
। हामी बिमानस्थल भित्र लाग्यौं  सामन तौल  गर्ने ठाउँ मा गएर आ-आफ्नो झोला जोखिसकेपछी मेरो झोला उल्लेखित तौल ३५ किलो नै भएकोले यज्ञ दाजुलाई पनि दु:ख दीइरहनु परेन । त्यस पछी मलाई निकै हलुका महसुस गरें म सँग केबल अब ल्यापटप मात्र साथमा छ पास्पोर्ट खल्तिमा राखेर निर्देशित गेट तर्फ लाग्नुपुर्ब मेरो अनी यज्ञ दाजुको साथमा धेरै अन्य मुलुकका यात्रु हरुको सुरक्षा चेक जाँच हुँदै थियो केही यात्रु हरुले तोकिएको तौल भन्दा धेरै सामान ल्याएका हरुको हरुको कन्त बिजोग देख्न सकिन्थ्यो।उनी हरुलाई लिनु न छाड्नु निल्नु न ओकल्नु जस्तो भएको देख्न सकिन्थ्यो,, मेरू पनि मन मा कुरा अट्न सकेन अनी साथमा रहेको मोबाइलबाटै फेसबुक खोलेर यस्तो स्टाटस लेखें।

चेक जाँचको क्रममा मेरो पासपोर्टको तस्विर अहिलेको बास्त्बिक "म" भन्दा धेरै फरक भएकोले सामान्य सोधपुछ पछी पासपोर्ट मेरै भएको प्रमाणित गरी उनिहरुले यात्रु कक्ष् मा बस्न भने ।जहाँ बसेर आफ्नो उडान समय कुर्ने गरिन्छ। यज्ञ दाजुले डियुटी फ्री सपमा केही सामान हरु किन्नै ईच्छा जाहेर गरेपछी हामी दुईजना त्यता तर्फ लाग्यौ। मैले त्यहाँको दर भाउको बारेमा सुनेको त थिएँ तर आँफै गएर अनुभब गरेको यो पैलो पटक थियो, सामान्य बाहिरी बजारको मुल्य भन्दा लगभग दोब्बर मुल्य लगाइएका बिभिन्न श्रिङ्गारका सामाग्री लगात उपहार हरु , महँगा चक्लेट हरु, गर गहना अनी सुगन्धित अत्तर हरु देख्न लायक थिए तर किन्न लाएक भएपनी सबै मेरो पहुँच भन्दा बाहिर थिए ।
त्यस बखत सम्झनाको लागि तलको फोटो मोबाइलबाट खिचेको थिएँ

तर मदिराजन्य पेय पदार्थहरु अपबादको रुपमा ड्युटी फ्री मा बाहिरी बजार भन्दा अली सस्तो मुल्यमा पाइदो रहेछ ।मलाई एकजना साथीलाई उपहार लगिदिनु पर्ने पनि थीयो यज्ञ दाजुको पनि त्यस्तै त्यस्तै रहेछ अनी दाजु भाईले एक एक कार्टून भित्र प्यक गरिएका ३ बोतल ईण्डियन विस्की  किन्यौ,यज्ञ दाजुले अरु के के उपहार सामाग्री पनि थप्नु भयो अनी हामी यात्रु प्रतिक्षा कक्षमा गयौं।तुस्त बिमानस्थल ब्यबस्थापन सफा सुग्गर तथा फराकिलो आरामदायी कक्षमा यज्ञ दाजु र म यसरी बसेका थियौं।
यात्रु कक्षको चारैतिर निकै चहल पहल देखिन्थ्यो, सबैजना आफ्नो गन्तब्य तिर लम्कदै थिए , बुढा बुढि ,केटाकेटि, जवान युवा युवति सन्सारको सबै कुनाको प्रतिनिधित्व गर्ने मान्छे हरु तह्या देख्न सकिन्थ्यो।हरेक मिनेटको अन्तरालमा जहाजहरु उडिरहन्थे जसरि गाउँमा कोइलि ढुकुर ,गौथलि अनि भगेरा,जुरेलि चरिहरु उडिरहन्छन। उडान समय दुई घण्टा पछि भएको हुँदा बिमानस्थलमा यात्रुहरुको शुबिधालाइ मध्यनजर गरेर उच्च गतिको वायरलेश इन्टरनेट शुबिधा उपलब्ध थियो मैले पनि मौकाको फाइदा उठाउँदै ल्यापटप खोलेर साथिहरु सँग अनलाइन मार्फत नेपाल जानलागेको कुरा जानकारि गराएँ । धेरै शुभयात्रा का शब्दहरु साथिहरुले बर्षाउनु भयो ।यज्ञ दाजु पनि खै त्यती बेला सम्म खै कता गएर आइ सक्नु भएको थियो । उडानको समय नजिकै आउँदै गर्दा मैले फोनमा घर बाबा आमा अनि प्यारि लाइ पनि केहि बेरमा उड्न लागेको सुचना दिएँ ।बाबा आमाको आशिर्बाद अनि प्यारिको प्यारले भरिएका शुभ यात्राको कोसेलिले भरिपुर्ण भएँ म।साढे २ बजि सकेको थियो समय तालिका अनुशरनै बोर्डिङ् गेट पनि खुला गरियो त्यस बेला सम्म निकै धेरै यात्रुहरु अन्तिम चेक जाँचको लागि लाइन लागिसकेको हुँदा दजु र म लाइनमा न उभिने निर्णयमा पुग्यौं अनि पहिलेकै ठाउँमा बसेर गफ गर्दै लाइन तर्फ आँखा दौडाउदै गर्यौं।बिस्तारै लाइन कम हुदै गयो, करिब करिब लाइन सकीएको थियो । म र दाजु पनि बोर्डिङ् गेट तर्फ लाग्यौं।दाजु म भन्दा दाँया गेटबाट भित्र गइसक्नुभएको थियो । मैरो पनि पालो आयो खल्ति बाट पासपोर्ट र अघिल्लो गेटमा सामान चेकजाँचको क्रममा दीइएका सबै कागजातहरु चेकजाँचकर्ताको हातमा दिएँ , उनले पुलुक्क मेरो मुखमा हेरेर केहि नबोलि अघिल्लो गेटमा दीइएको जहाजको सिट नम्बर उल्लेख भएको कागज च्यातिदिए,,,,, कैले काहिँ अनयासै सानो तिनो गल्तिको कारण दोहा बिमानस्थलमा नेपालि हरुले निकै झमेला झेल्नुपरेको खबरहरु अखबार अनि साथिहरुले भनेको सुनेको थिएँ , म छाँगाबाट खसे जस्तो भएँ।मनमनै सोचेँ केहि त्यस्तो अबैधानिक कामत जिन्दगिमा गरेको छैन त्यस्तो झमेला न होला भनेर , अन्तमा मेरो अन्तरमनले केहि प्राबिधिक त्रुटि भएको होला भन्ने ठान्दै चेकजाँचकर्ता लाइ के भएको भनेर सोध्न न पाउँदै अर्का एकजना त्यहाँकै कर्मचारि (उनि भन्दा अलि ठुलो पद को जस्तो देखिने)कुरा गर्न लागि, मेरो मनमा ढ्याङ्रो ठोक्न लाग्यो केहि गडबड पक्का छ भनेर , अगाडिको सिसामा देखिएको मलिन अनुहारले मेरो अज्ञात कौतुहल अनि डरलाइ प्रस्ट सँग प्रतिनिधित्व गरेको देख्न सकिन्थ्यो।उडान समय निकै करिब थियो मैले दाजु लाइ पनि साथबाट गुमाइ सकेको थिए, अगाडि पछाडि नजर घुमाएँ कोहि छैन केबल तिनै चेक जाँच गर्ने कर्मचारि अनि म एक्लो यात्रु,,,,,,,,, चेकजाँचकर्ताले बिनम्रताका साथ माफि माग्दै मेरो पासपोर्ट हातमा थमाए अनि खिस्स हाँस्दै अङ्रेजि भाषामा " हजुरलाइ बधाइ छ, तपाइ हाम्रो उडानको बिजनेश क्लासमा उड्दै हुनुहुन्छ।" भन्दै अर्को टिकेट दिए। खै किन इकोनोमि क्लासबाट किन बिजनेश क्लासमा परिबर्तन गराइयो मैले उनलाइ सोध्न चाहेर पनि सोधिरहिन , करिब करिब उडानको समय भै सकेको थियो , त्यहाँका एकजना कर्मचारिले मलाइ गाडिमा राखेर निकै पर देखिने जहाज तर्फ लिएर गए। केहि बेर तनाबमा भएपनि मेरो तनाब दुर भइसकेको अबस्था थियो, जिन्दगिमा हामि जस्तो सर्बसाधारणलाइ बिजनेश क्लासमा उड्ने अबसर कमै प्राप्त हुन्छ।यो अकल्पनिय अबसर पाएकोमा  म खुसि थिएँ अर्को तर्फ सगै नेपाल जाने दाजु एउटै जहाजमा भएर पनि सँगै न हुदा केहि नरमाइलो पनि लाग्यो। बिमानस्थलको नियम बमोजिम निकै कम गतिमा गाडि जहाज तर्फ गुड्दै थियो । खै किन हो कुन्नि गाडिको गति भन्दा मेरो मनको गति तिब्र हुदै थियो,बिस्तारै गाडि जहाजको अगाडि पट्टिको ढोकानेर गएर रोकियो सबै जना जहाज भित्र बसिसकेका थिए। लाग्छ जहाज मेरै प्रतिक्षामा थियो, समय ३ बज्न लाइ आझै ६ मिनेट बाँकि रहेछ, मलाइ त्यै आगाडिको ढोकाबाट एकजाना महिला एयर होस्टेजले भित्र लगिन।आफ्नो टिकेटमा अंकित सिट संख्या हेरेर म त्यहाँ उल्लेखित सिटमा बसेँ जुन सिटबाट ककपिट निकै नजिकबाट प्रस्ट देख्न सकिन्थ्यो , २ जना सेतो कमिज लगाएका अरबमुलका जस्तो देखिने पाइलटहरु त्यहाँ के के गर्दै थिए मलाइ जहाजको ककपिट नजिकबाट नियाल्ने यो पहिलो प्रतक्ष अबसर भएको हुदा मैले कुनै कशर बाँकि न राखि आँखा तन्काइ तन्काइ हेर्दै गएँ, यो बिषयमा म निकै उत्सुक पनि भएको हुँदा यु-टियुब मा पनि मैले जहाज कसरि उड्छ कक पिट कस्तो हुन्छ भन्ने कुरा हरु हेरेको थिएँ।बैज्ञानिक युगको एक उपज बास्तबमै अनौठो थियो जता ततै डिजिटल स्क्रिन अनि मिटर तथा गेज इन्डिकेटर हरु जडित जहाजको ढोका बिस्तारै बन्द भयो, घडिले ३ बजाउनै लागेको थियो ककपिटको ढोका पनि बन्द भयो।जहाज धावनमार्गमा गति बढाउंदै गर्दा उडानको क्रममा अपनाउनुपर्ने आधारभुत शुरक्षाका नियमहरु पनि बताइदै थियो। १२ जना सिट संख्या भएको बिजनेश क्लासमा २ जना युरोपेलि यात्रु अनि म जम्मा जम्मी ३ जना यात्रु थियौं।जहाजले धाबनमार्गमा आफ्नो गतिलाइ तिब्रता दिदै गर्दा मैले झ्यालबाट बाहिर हेरिरहेको थिएँ, जहाजले जमिन छाड्यो दोहाका गगन चुम्बि टावरहरु बिस्तारै क्यामराले जुम आउट गरेजस्तै साना बन्दै गए म माथि माथि पुग्दै गएँ, मेरो मनले अनि साथैमा भएको क्यामराले पनि दोहाको आकास माथि बाट खिचेको फोटो,
जमिनमा निर्मित २१औ सताब्दिमा मानब उपज हरुलाइ आकासबाट नियाल्नुको मज्जानै आर्कै थियो,जहाज निकै माथि पुगिसकेको थियो, बिस्तार बिस्तार हाम्रो उचाइ बढ्दै गयो, झ्याल बाट तल केहि देखुन्जेल तल हेरि रहेँ, अब केबल नक्सामा देखाइने धर्तिको रेखाकंन मात्र जस्तो देखिन थाल्यो ।त्यस्तैमा बिभिन्न खाना हरु समाबेस गरिएको मेनु ल्याइयो लाज न मानि भन्दा धेरै जस्तो लिस्टमा भएका खानाहरुको नाम समेत मैले पहिलो पटक देख्दै थिएँ, त्यसैले मैले सामान्य एशियन खानाको लागि अनुरोध गरे त्यसै बमोजिम सं-सम्मान खाना दीइयो,जुन तुलनात्मक हिसाबले इकोनोमि  भन्दा निकै फरक थियो, भोक पनि लागेको हुनाले टन्न खाएँ। हाइड्रोलिक सिस्टमबाट आगाडि पछाडि अनि आबश्यकता अनुसार तल माथि गर्न मिल्ने आरामदाइ सिट चाक्लो फराकिलो कक्ष अनि गुण्स्तरिय सेवाले गर्दा नै बिजनेस क्लासको जहाज टिकेट मँहगो हुन्छ बन्थे साचो रहेछ।


बाँकि क्रमस अर्को भागमा पोष्ट गर्ने छु ।





This email is free from viruses and malware because avast! Antivirus protection is active.

जीवनसँग धेरै गुनासाहरु भएको मान्छे

        त्यो वेला फेसबुकको नौलो सन्सारमा मेरो पाईला धेरै अगाडी बढिसकेको थिएन । शुरुवातका दिनहरुमा फेसबुकमा आफ्ना पुराना मित्रहरुलाई खोज्ने काम गरियो । कति भेटिए पनि । कोहि स्कुले जीवनका, कोहि कलेज जीवनका अनि कोहि जागिरे दिनहरुका अनन्य मित्रहरु । बिस्तारै फेसबुकको नशा बढ्दै जाँदा नयाँ नयाँ मित्रहरु (फेसबुकको भाषामा) थपिने क्रम पनि बढेर गयो । नशा कति सम्म लागेछ भने बिहान उठ्ने बित्तिकै फेसबुक नहेरी दिनको शुरुवात गर्नै मन नलाग्ने अनि राति विस्तारामा परेपछि भगवानको नाम जप्नपनि भुलेर आधा रातसम्म फेसबुक हेर्दै भुसुक्क भएको पत्तै नहुने । अफिसमा पाँच मिनेट समय मिल्यो कि यहि फेसबुक खोलिहाल्नु पर्नै । जानि नजानि नानाथरी स्टाटसहरु अपडेट गरिरहन मन लाग्ने । फुर्सद मिलाएर कता कता गएर तातो पानीले खुईलिएको कपाल मिलाई मिलाई फोटाहरु खिचेर फेसबुकमा अफलोड गर्नै वानी त अझै उदेकलाग्दो । अरुका स्टाटसमा लाईक र कमेन्ट त कति कति । हेर्दै भैसी जस्तीलाई पनि तिमी त साह्रै राम्री भनेर कति लाई गजक्क पारियो अनि भाग अलि बढि खोज्नेको सेखी झर्नपनि कहिले पछि परिएन । कमेन्ट मार्फत आफ्ना नजिकका मित्रहरु सँग मिलेर मन नपरेका अरुको उछितो काट्ने काममा पनि अरु भन्दा के कम हुनु र । हाँसो लाग्छ पहिलेका ति दिनहरु सम्झदा आजकल । “ओ हिरो” अचानक एक दिन अस्ति भर्खरै मेरो फेसबुकमा मित्रताको पगरी गुत्थेकी तर चिनजान नभएकी महिला मित्रले मलाई उतावाट सन्देश पठाउनु भयो । चिन्नु न जान्नु ढुङ्गाले हान्नु भनेजस्तै कत्तिन बर्षाै देखिको मित्रले झै गरिएको उहाँको त्यो अकल्पनीय सम्वोधनले मलाई निशब्द पारिदियो । म मोबाईलमा फेसबुक अनलाईन भएको हुँदा तत्काल उहाँको प्रोफाईल हेर्न असर्मथ रहेँ किन्चित, रातो साडीमा अर्धबैशे आईमाईको एउटा फोटो उहाँको नाम अगाडी झुन्डिएको थियो । उहाँको तस्विर र उहाँको पहिलो सन्देश विचको अन्तर अलि धेरै नै भएको आभास मेरो मानस्पटलमा पुग्नै लाग्दा फेरी अर्कौ प्रश्न थियो उहाँको “किन नबोलेको ?” सधै कुरा गरिरहने मान्छे जो आज रिसाएर नवोले जसरी किन नवोलेको रे । त्यहि पनि मैले उहाँलाई रिप्लाई टाइप गर्दै थिएँ तर दुर्भाग्य उहाँ अफलाईन भैसक्नु भयो । सायद मेरो अनुत्तरताले उहाँलाई नराम्रो लागेछ । केहि दिनको अन्तरालपछि फेरी भेट भयो उहाँ सँग अनलाईनमा मेरो । खेज्दैथिएँ मैले अस्ति रिप्लाई गर्न नसकेकोमा दु:ख मनाउने वाहानाहरु तर “यस्तै हो यो फेसबुकमा” भन्ने उहाँको कुराले राहत मिल्यो मलाई । त्यो दिन हामी विच धेरै कुराकानी भए । परिचय देखी उहाँका केहि ब्यक्तिगत भोगाईहरु सम्मका । हामी विच केही समानताहरु थिए । उहाँ पनि म जस्तै नेपाल देखी धेरै टाढा यद्यपि, उहाँ देखी म सम्मको दुरी नेपाल देखी म सम्मको भन्दा अझै धेरै । साच्चिकै तारिफयोग्य उहाँको कुरा गर्नै शैलीवाट म निकै प्रभावित हुनपुग्येँ । कति ब्यवहारीक मान्छे त्यस माथि धेरैनै सामाजीक सोच उहाँमा । त्यो पहिलो दिनमा “ओ हिरो” भनेर कुरा शुरु गर्नै मान्छे जो प्रति मेरो जुन प्रकारको सोच थियो त्यो विल्कुल चेन्ज गराइरहेका थिए उहाँका कुराहरुले । जीवनसँग धेरै गुनासाहरु भएको मान्छे जो आफ्ना विगतका केहि अप्रिय र्निणयहरुमा दु:ख मनाउ गरिरहेको जस्तो भान हुन्थ्यो उहाँका कुराहरु सुन्दा । यति धेरै भावुकतामा डुव्ने मान्छे पनि विच विचमा सन्कीरहने खालको स्वभाव जस्ले गर्दा झसंग त्यहि “ओ हिरो” भन्ने उहाँको शब्द झल्यास्स याद आउने । क्रमश...!!! अप्रकाशित पुस्तकको केहि भाग... कसैको जीवन भोगाईसँग मेल खान गएमा सम्योग मात्र हुनेछ...!!! - बिकास अकेला

"नेपालमा जस्तो नेचुरल ब्युटी अन्यत्र पाइँदैन" -चर्चित बलिउड अभिनेता अक्षयकुमार,



akshay-kumar.jpg
पुरानो दिल्लीको प्रसिद्ध चाँदनी चौकको पराठेवाली गल्लीमा ९ सेप्टेम्बर १९६७ मा जन्मिएका राजीव हरिओम भाटियाले बलिउडका चलचित्र अभिनेता अक्षयकुमारका रूपमा रूपान्तरण हुन ठूलो संघर्ष गरेका छन्। जीवनको प्रारम्भिक कालमा आफ्नै गल्लीमा खाना बनाएर बिक्री गर्ने हिन्दु धर्मालम्बी पञ्जावी युवक राजीव भाटिया अवसरको खोजीमा थाइल्यान्डको बैंकक हान्निएका थिए। त्यहाँ उनले विभिन्न होटलमा कुकका रूपमा काम गर्दागर्दै थाइल्यान्डको प्रसिद्ध 'किक बक्सिङ' नामक मार्सल आर्ट सिक्ने अवसर प्राप्त गरे। पछि उनले 'कराँते' पनि सिके। कराँतेमा ब्ल्याक बेल्ट प्राप्त गरेपछि उनी हिन्दी चलचित्रमा फाइट मास्टरका रूपमा काम गर्न मुम्बई फर्किए। फाइट मास्टरका रूपमा काम गर्दागर्दै राजीवको भाग्यले यस्तो कोल्टे फेर्‍यो कि उनी चलचित्र 'सौगन्ध' मा अचानक अक्षयकुमारका नामले नायकका रूपमा देखा परे। उक्त चलचित्रले औसत व्यापार गरे पनि अक्षयकुमार 'सस्तो कलाकार' का रूपमा निर्माताहरूको रोजाइमा परे। केही समयको अन्तरालपछि चलचित्र 'खेलाडी' ले व्यावसायिक सफलता प्राप्त गरेयता अक्षयकुमारले पछाडि फर्केर हेर्नुपरेको छैन। त्यसपछिका कथा उनका सबैजसो प्रशंसकलाई थाहा छ। तिनै अक्षयकुमार गत साता एउटा चलचित्रको सुटिङका क्रममा काठमाडौंमा थिए। यही सेरोफेरोमा अक्षयकुमारसँग विदुर खतिवडाले गरेको कुराकानीको सारसंक्षेप :
नेपाल बसाइ कस्तो चलिरहेको छ ?
म १८ वर्षपछि नेपाल आएको हुँ, मलाई नै थाहा थिएन कि यहाँ मेरा यति धेरै फ्यान हुनुहुन्छ।  मलाई मन पराउनेहरूको संख्या यति धेरै होला भन्ने अनुमान पनि थिएन। मलाई यति मात्र थाहा थियो— मेरो पहिलो चलचित्र सौगन्ध सबैभन्दा धेरै नेपालमै चलेको थियो। नेपाल र त्यसपछि गुजरातका दर्शकले सौगन्धलाई अत्यधिक मन पराएका थिए। यहाँ आएर मलाई महसुस भयो, नेपाल वास्तवमै सुन्दर छ। यहाँको प्राकृतिक सौन्दर्यमा कुनै किसिमको कृत्रिमता छैन। यो नै मलाई सबैभन्दा मनपर्ने पक्ष रह्यो। कच्चा प्राकृतिक सौन्दर्य जसलाई थप श्रृंगारपटारको आवश्यकता पनि छैन। 'र नेचुरल ब्युटी' नेपालको सबल पक्ष लाग्यो। नेपाल आएकै दिन यहाँको प्राकृतिक सौन्दर्यले मलाई खिचेको थियो। होटलमा आएपछि झ्याल खोलेर हेरे, बौद्धनाथको राम्रो तस्बिर खिच्न मन लाग्यो, खिचे र सुन्दर नेपाल भनेर टि्वट गरे। मैले जति सोचेको थिएँ, त्योभन्दा राम्रो पाएँ नेपाल। नेपाललाई सुन्दर राखिरहन यहाँका मानिसहरूको मेहनतले काम गरेको छ। यहाँको शिल्प तथा कालिगढीको नमुना पनि उत्तिकै सुन्दर छ।
सुटिङमा कत्तिको सहज भयो ?
छायाकंनका दृष्टिकोणले नेपालमा ठूला-ठूला हाइवेहरू छन्, भव्य संरचनाहरू छन् भन्ने होइन यद्यपि यहाँ प्राकृतिक रूपमै बान्की परेको जुन स्वाभाविक सुन्दरता छ, त्यो आफैंमा उत्कृष्ट छ।  ठूला-ठूला हाइवेहरूको आवश्यकता पनि छैन। जे छ यही राम्रो छ, यही नै नेपालको पहिचान हो र जहाँ-जहाँ मेरो छायांकन थियो, त्यहाँ मानिसहरूले मप्रति अपार माया दर्साउनुभयो। सबैले मसँग एकदम नजिकको व्यवहार गर्नुभयो। सुटिङ युनिटले भनेको सबैजनाले सहजै मानिदिनुभयो। पछाडि हटिदिनुसभन्दा हट्न तयार भैदिनुभयो। मज्जाले सुटिङ भैरहेको छ। सबैभन्दा ठूलो सहयोग नेपाल प्रहरीले गरेको छ, नेपाल प्रहरीका आशुतोष बहादुर शाहीको कमान्डले ठूलो सहयोग गरेको छ। म नेपाल प्रहरीलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईंहरू सबैको सहयोगले नै हामी निर्विध्न रूपमा सुटिङ गर्न सफल भएका छौं, नत्र गाह्रो हुन्थ्यो। मैले थुप्रै राष्ट्र र सहरहरूमा सुटिङ गरेको छु, तर नेपाल यस्तो राष्ट्र हो, जहाँ चलचित्र सुटिङका लागि फ्रेन्ड्ली एटमसफियर छ। सुटिङ फ्रेन्ड्ली वातावरण छ, यो कुरा अब म हिन्दुस्तान फर्किएर आफ्नो टिम र समग्र बलिउडलाई भन्नेछु।   
यहाँको विशेष कुरा के लाग्यो तपाईंलाई ?
मलाई यहाँको नेचर मन पर्‍यो। यहाँका राम्रा मानिसहरू, सहयोगी भावना एवं कच्चा प्राकृतिक सौन्दर्य।
बलिउडका लागि काम लाग्ने केही नयाँ कुरा ?
मैले माथि नै भनिसकें, नेपाल राम्रो सुटिङ स्थल हो, यहाँ सबै प्रकारको सौन्दर्य जताततै उपलब्ध छ। मुम्बई नजिकैको यस्तो सौन्दर्यलाई किन मिस गर्ने ? मुम्बईमा कहाँ भेटिन्छ, यस्तो नेचुरल ब्युटी। हाम्रा जति पनि चलचित्र मेकर हुनुहुन्छ, सबैसँग नेपालको सौन्दर्यको बयान गर्नेछु।
१८ वर्षअघि काठमाडौं आउँदा र अहिले आउँदा के फरक पाउनुभयो ?
१८ वर्षअघि मैले अभिनय गरेको चलचित्र आरजुको अडियो विमोचनका निम्ति माधुरी दीक्षितका साथ नेपाल आएको थिएँ। अडियो रिलिजको उक्त कार्यक्रम पनि भव्य भएको थियो। बुझाइको समस्याका कारण त्यो समयमा केही कन्ट्रोभर्सी पनि भयो। मैले त्यो कुरामा त्यतिबेला पनि माफी मागेको थिएँ, अहिले पनि माफी चाहन्छु। आशा गरौं आगामी दिनमा असल दुई छिमेकी राष्ट्रका बीचमा त्यस्तो कन्ट्रोभर्सीले स्थान पाउने छैन।
अक्षयकुमारका जबर्जस्त फ्यान नेपालमा पनि छन्, जो उनको चलचित्र हेर्न लामो समय कुर्छन्, उनीहरू अक्षयकुमार हाम्रा बारेमा के भन्छन् भनेर जान्न चाहन्छन् ?
पहिलो कुरा त म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म कृतज्ञ पनि छु किनभने उहाँहरूले मेरा चलचित्र हेरिदिनुहुन्छ। मलाई यति धेरै मनपराइदिनुहुन्छ। मैले एउटा कुरा नोटिस गरेको छु— यहाँका दर्शक एक्सन मुभी मन पराउनुहुन्छ। मार्सल आर्ट्स, कराँते, तेक्वान्दो आदि समाविष्ट चलचित्र हेर्न मन पराउनुहुन्छ। यहाँका दर्शक एक्सन मुभी मन पराउने म एक्सन मुभी खेल्न मन गर्ने त्यसकारण मेरो र उहाँहरूबीचको तालमेल गजबको छ, केमेस्ट्री मिलेको छ।
अक्षयकुमारको सफलताको रहस्य के हो ?
प्रत्येक बिहान आमाबुबालाई ढोगेर घर बाहिर निस्कनुपर्छ। जुनसुकै कामका लागि किन नहोस्, हरेक दिन आफ्ना मातापिताको आशीर्वाद लिइएको छ भने हरेक व्यक्ति आफ्नो काममा सफल हुन्छ। मेरो जीवनको सफलताको रहस्य यही नै हो। मैले यही गर्दै आएको छु। तपाईंहरू पनि आफ्ना आमाबुबाप्रति माया गर्नुहोस्, आदर सत्कार गर्नुहोस्, उहाँहरूको ख्याल राख्नुहोस् र उहाँहरूको आशीर्वाद लिनुहोस्, सफलताले तपाईंलाई नै पछ्याउनेछ।
तपाईं एक्सन स्टार कि कमेडिस्टार ?
म दुवैमा फिट छु र दुवै वर्गका चलचित्रमा काम गर्छु। दुवै भूमिकामा मलाई दर्शकले मनपराइदिनु भएको छ। मलाई कामचाहिँ एक्सन चलचित्रमा गर्न मजा लाग्छ। किनभने एक्सनबाटै म बलिउडमा स्थापित भएको हुँ। दर्शकले अक्षयकुमार भन्ने बित्तिकै एक्सन पनि खोज्छन् भन्ने लाग्छ।
अनि किन एक्सन स्टारको छवि परिवर्तन गर्न खोज्नुभएको त ?
मैले धेरै एक्सन चलचित्रमा काम गरेको छु। पछिल्लो समयमा राउडी राठौर, चाँदनी चौक टु चाइना जस्ता चलचित्रमा मेरो एक्सन धेरै दर्शकले मन पराउनु भएको पनि हो, तर एउटा कलाकारका रूपमा मैले थुप्रै किसिमका भूमिकामा काम गरेर सफलता पाएको छु। जति एक्सन स्टारका रूपमा मनपराइएको छु, त्यति नै कमेडिस्टारका रूपमा पनि। मैले एक्सन, कमेडी, सिरियस, रोमान्टिक धेरै भूमिकामा काम गरें। धड्कन तथा एकरिश्ता मेरा पृथक चलचित्र थिए, जसलाई पनि दर्शकहरूले अत्यधिक मन पराउनुभयो। अब सोनाक्षी सिन्हाका साथमा होलिडे चलचित्र सार्वजनिक हुन लागेको छ, जसमा म सैनिकको भूमिकामा प्रस्तुत हुँदैछु। एक्सन रोल छ, आतंकवादसँग कसरी फेस गर्ने भन्ने क्यारेक्टर निर्वाह गरेको छु। त्यसैले फरक विधामा आफूलाई सफल अभिनेताका रूपमा पेस गर्ने मेरो चाहनाअनुरूप नै काम भैरहेको छ।
रविना टन्डन, ममता कुलकर्णी, शिल्पा सेठ्ठी, कैटरिना कैफ, करिना कपुर, सोनाक्षी सिन्हा जस्ता नायिकाहरूसँग एकपछि अर्को चलचित्रमा लगातार देखिनुभएको छ। समयक्रमअनुसार उनीहरूसँगको केमेस्ट्री पनि उत्तिकै मिलेको देखिन्छ, कस्तो अनुभूति हुन्छ ?
तपाईंले सही कुरा गर्नुभयो, केही जोडी साँच्चै नै जमेका थिए। त्यसमा गजबको मज्जा पनि आउँछ। जब जोडी जम्छ तब मलाई पनि राम्रो लाग्छ। एकसे एक स्टारसँग जोडिएर काम गर्न पाएको छु, उहाँहरूसँग कतिपय कुरा सिक्न पनि पाइन्छ। तपाईंले भनेजस्तै उहाँहरूसँगको केमेस्ट्री दर्शकले पनि रुचाउनुभएको छ। दर्शकले मनपराइदिएपछि त्यही आर्टिस्टसँग फेरि काम गर्न पनि मन लाग्छ। जोडीको यात्रा गजबको हुन्छ अझ थप चलचित्र उहाँहरूसँग काम गरौं भन्ने हुन्छ।  
चलचित्रका लागि जबर्जस्त मिलेको यो केमेस्ट्री रियल लाइफमा पनि उत्तिकै हुन्छ कि ?
रियल लाइफमा त कहाँ त्यस्तो हुन्छ र ? जहाँ प्याकअप हुन्छ, जहाँ चलचित्र सकिन्छ, त्यही सम्बन्ध र नाता पनि सकिन्छ। त्यसपछि आ-आफ्नो घर फर्कन हतार हुन्छ। त्यसमा पनि म विवाहित व्यक्ति सबैसँग सम्बन्ध गाँस्ने कुरा पनि भएन। आफ्नै परिवारसँगको कनेक्सन जोडिएपछि त्यो यात्रा त्यही समाप्त हुन्छ।
नेपाली बजारमा बलिउड हाबी छ, जबकि यहाँको आफ्नै चलचित्र उद्योग छ र त्यसले बलिउड चलचित्र जत्तिको सफलता हासिल गर्न सकिरहेको छैन। दर्शकहरू स्थानीयभन्दा भारतीय चलचित्रलाई प्राथमिकतामा राख्छन् भन्ने जानकारी तपाईंलाई छ ?
पाँच दिनको बसाइका क्रममा म फुर्सदमा टेलिभिजन च्यानलहरू हेरिरहेको हुन्छु। यहाँ थुप्रै नेपाली च्यानल रहेछन्, विभिन्न च्यानलमा आउने विभिन्न नेपाली कार्यक्रम हेरिरहेको छु। मलाई त एकदमै मज्जा आइरहेको छ। भाषा नबुझे पनि एक्सप्रेसन, एक्टिङबाट बुझ्ने प्रयास गरिरहेको छु। विशेष गरी नेपालीहरूलाई ट्रयाजेडी गीत मन पर्दा रहेछन्। माया-प्रेम तथा बिछोडका गीतहरू नै टेलिभिजनमा प्रसारण भैरहेका हुन्छन्। यहाँ रोमान्टिक गीतको बहार आउन बाँकी नै रहेछ। जहाँसम्म बजारको कुरा छ, दर्शक राम्रो कुरा हेर्न चाहन्छन्, विश्वबजारको यो नियम यहाँ पनि लागू हुन्छ। नेपाली चलचित्र, नेपाली संगीतलाई पनि यहाँका दर्शकले उत्तिकै रुचाउनुहुन्छ भन्ने कुरा टेलिभिजन हेर्दा देखिन्छ।
नेपालका कुनै कलाकारलाई चिन्नुभएको छ ?
छैन, चिनेको त छैन तर टेलिभिजनमा देखिएका कलाकारहरूको प्रतिभा देखेर दंग परेको छु। यहाँ पनि कला-संगीतलाई माया गर्नेहरू थुप्रै हुनुहुँदो रहेछ।
मनीषा कोइराला, उदितनारायण झाजस्ता नेपाली भूमिबाटै गएका कलाकार बलिउडको शिखरमा पुग्न सफल भए, उनीहरूसँग तपाईंको सम्बन्ध कस्तो छ ?
उदितनारायण सा'बले त मेरा लागि थुप्रै गीत गाउनुभएको छ। उदित र मनीषा दुवैसँग एकदमै राम्रो सम्बन्ध छ। उदित सा'ब त पहिले म बसेकै बिल्डिङमा बस्नुहुन्थ्यो, फुर्सद हुने बित्तिकै हामी आपसमा गफिएर बस्थ्यौं। मनीषाका साथमा मैले एकमात्र चलचित्रमा काम गरें, तर त्यो मेमोरेबल रह्यो। मनीषाको कुरा गर्दा अर्को एउटा कुरा सम्झना आयो, मनीषाको सुन्दरता देखेको मान्छे म यहाँ जुन सुन्दर प्राकृतिक वातावरण र त्यही वातावरणमा हुर्किएका सुन्दर अनुहारहरू देख्छु, दंग परिरहेको छु। मैले यहाँअत्यन्तै राम्रा अनि सुन्दर युवतीहरू देखिरहेको छु, ती सबै फोटोजेनिक छन्। मनपरेकै कारण एक/दुई युवतीसँग अनुमति लिएर उनीहरूको तस्बिर पनि खिचेँ। पछि मैले ती तस्बिर हेर्दा एकदमै आकर्षक लागे। पहाडी ब्युटीको नमुना यहाँ प्रशस्त देख्न पाएँ। नेचुरल ब्युटिफुल वुमन, फोटोजेनिक फेसेज।
फ्लर्टिङ गर्ने मन भएन ?
किन गर्ने फ्लर्टिङ ? कोही राम्रो लाग्यो, त्यसकारण तस्बिर लिएँ, त्यसलाई हेरे, त्यसमा फ्लर्टिङको कुरै भएन नि। तपाईं कुनै चिज हेर्नुहुन्छ, त्यो राम्रो लाग्यो भने त्यसको प्रशंसा गर्नुमा जति मज्जा छ, छेडछाड गर्नुमा छैन। सुन्दरताको बयान यसरी तपाईं र मबीच गर्नुमा रमाइलो हुन्छ। त्यही नै सुन्दरताको सम्मान हो। छेडछाड वा फ्लर्टिङ गलत कुरा हुन्। फ्लर्टिङ मेरो नियममा लेखिएको छैन, त्यसमा पनि म विवाहित व्यक्ति। कुनै राम्रो चिज देख्यो, त्यसको प्रशंसा गर्‍यो, त्यतिमै सीमित रहँदा सभ्यता पनि रहन्छ र त्यो सुन्दर पनि कहलिन्छ।
काठमाडौंका सडकमा एक्लै बरालिन मन लागेको छैन ?
असाध्यै मन छ, तर यहाँ त्यो सम्भव देखिनँ। असाध्यै धेरै प्रशंसक हुनुहुन्छ, सबैले चिन्नुहुन्छ, मुम्बईमा भन्दा यहाँ अझ असम्भव देखे मैले।
सुटिङका क्रममा भीडले असहज भएन ?
बिलकुल भएन, क्राउड छ तर संयमित छ। सबैले हाम्रो काममा सहयोग गरिरहनुभएको छ।
तपाईंलाई नेपाली चलचित्र उद्योगका बारेमा केही जानकारी छ ?
छैन, तर फुर्सदको समय नेपाली च्यानलहरू हेरेर यहाँका बारेमा जानकारी लिइरहेको छु। बोलि नबुझे पनि इमोसन र एक्सप्रेसनका आधारमा बुझ्ने प्रयास गरिरहेको छु। हाम्रो क्रुमा केही साथी हुनुहुन्छ, जसले यहाँको सिने उद्योगका बारेमा केही बताउनुभएको छ।
तपाईंको पारिश्रमिक नेपाली चलचित्रको सम्पूर्ण बजेटभन्दा पनि निकै बढी हुन्छ। यद्यपि नेपाली चलचित्रमा काम गर्ने प्रस्ताव आएको खन्डमा के अक्षयकुमारलाई दर्शकले नेपाली चलचित्रमा देख्न पाउलान ?
म यहाँका बारेमा धेरै त जान्दिनँ तर राम्रो कामको प्रस्ताव आएको खण्डमा अवश्य काम गर्छु। चित्तबुझ्दो तर सानो भूमिका नै किन नहोस् म तयार छु। म बजेट हेरेर काम गर्दिनँ, हो यहाँको उद्योगले मेरा लागि पेमेन्ट गर्न नसक्ला तर चित्त बुझ्ने भूमिका हुनुपर्‍यो। स्तरीय भूमिकामा यहाँका दर्शकमाझ देखिन पाउनु राम्रो कुरा हो नि। यदि नेपाली चलचित्र उद्योगलाई मेरा तर्फबाट योगदान पुग्छ भने त्योभन्दा राम्रो अरू के हुनसक्छ ?
कुनै दिन बलिउडमा यो सफलता चुम्नेछु भन्ने लागेको थियो ?
मैले कुनै दिन सोचेको थिइनँ, यसप्रकारको सफलता पाउँछु भन्ने। यही क्षेत्रमा निरन्तर सक्रिय रहन्छु भन्ने पनि थिएन। चार-पाँचवटा चलचित्र गरे भने पनि धेरै ठूलो कुरा हुन्छ जस्तो लागेको थियो। भगवान र भाग्यको साथ भन्नुपर्छ म भाग्यमानी ठहरिए, यति धेरै चलचित्रमा काम गर्न पाए। अहिले पनि चलचित्र पाइरहेकै छु। धेरै-धेरै धन्यवाद दर्शकहरूलाई, नेपाली दर्शकहरूलाई पनि। उहाँहरूले  मन पराइदिएकै कारण म आजसम्म सक्रिय छु। यति धेरै काम प्राप्त भैरहेको छ। दर्शकले टिकट काटिदिएकै भरमा हाम्रो जिन्दगी सफल हुने हो।
तपाईंको फिल्मी करियर कस्तो रह्यो ?
मेरो जीवनमा थुप्रै उतारचढाव आए। फिल्मी करियरमा अझ धेरै उतारचढाव आए, खासगरी एउटै भूमिकामा मात्र सीमित भएको भए सम्भवतः मलाई टिक्न पनि गाह्रो हुन्थ्यो। फिल्मी करियरकै कुरामा कतिपय समय एकदमै सफलताको यात्रा गर्दागर्दै पनि कामविहीन भएको अवस्था पनि थियो।
टर्निङ प्वाइन्ट ?
त्यस्तो कुनै टर्निङ प्वाइन्ट त छैन, उतारचढावको यात्रा रह्यो। ३ वा ४ ठूला उतारचढाव भोगें, जसमा विभिन्न टर्निङ आएँ। सुरुवातमा चलचित्र खेलाडी टर्निङ प्वाइन्ट बन्यो। खेलाडी जबर्जस्त चलेकैले यसका हरेक श्रृंखलामा काम गरिरहेको छु र सबैलाई दर्शकहरूले मन पराइदिनुभएको छ।
खेलाडीको यो श्रृंखला समाप्त भयो कि अझै आउँदैछ ?
मलाई थाहा छैन। मैले अहिलेसम्म जम्मा ८ खेलाडी चलचित्रमा काम गरिसकेको छु। हेरौं, भविष्यमा के हुन्छ ? खेलाडी मेरो बलियो पहिचान हो, त्यसैले यसले अरू सिक्वेल जन्माउँदै जान सक्छ।
नेपालबाट खरिद गरेर लानुपर्‍यो भने के किन्नुहुन्छ ?
यहाँ मैले प्रशस्त फेसमास्क (मुखुन्डो) देखें। मलाई फेसमास्क असाध्यै मनपर्ने भएकाले केही फेसमास्क किनेर लाने सोचमा छु। भिन्न मुद्राका भिन्न मास्क लगाउँदा एक प्रकारको आनन्द आउँछ। मेरो घरको एउटा भित्ता छ, जहाँ दर्जनौं मास्क सजाइएका छन्। त्यसको भित्र स-साना बल्ब लगाएको छु, ती रातमा चम्कन्छन्, जसको सौन्दर्य गजबको हुन्छ।
तपाईंहरू फरक-फरक क्यारेक्टरमा प्रस्तुत हुनुहुन्छ, हरेक चलचित्र वा हरेक मुभमेन्टमा फरक-फरक प्रेजेन्टेसनको अक्षयकुमार देख्न पाइन्छ, यहाँ फेसमास्ककै कुरा पनि आउँछ, फरक परिवेशमा फरक ढंगले पेस हुँदाको अनुभव कस्तो हुन्छ ?
तपाईंले राम्रो प्रश्न गर्नुभयो, यो मेरो मात्र होइन, सबै मानिसको हकमा लागू हुन्छ। मानिस फरक परिवेशमा, फरक मास्कमा प्रस्तुत हुन्छ। चलचित्रमा धेरै क्यारेक्टरमा काम गरेको हुनाले अक्षयकुमारका मास्क धेरै छन् भन्न सक्नुहुन्छ। मेरा लागि चलचित्रको मास्क त्यतिबेलासम्म रहन्छ, जबसम्म त्यो चलचित्रको काम सकिँदैन, त्यसपछि त्यसलाई त्यही फ्याँकिदिन्छु, घरमा जुन किसिमको मास्कमा रहने हो त्यसमै रहन्छु। बिहान काममा आउने बेलामा फेरि त्यो क्रम दोहोरिन्छ।
स्टारडमका कारण आम मानिस सरह तपाईं सहरबजारमा निस्कन सक्नुहुन्न, यसले कुनै समय त दिक्क लाग्छ होला नि ?
त्यस्तो दिक्क लाग्दैन, सडकमा आममानिसको जस्तो व्यवहार गर्न नसकिएला तर त्योभन्दा धेरै कुरा पनि त पाएको छु नि। अरूले गर्न नपाएका धेरै कुरा मैले पाएको छु। त्यसमा सन्तुष्ट हुने हो। मलाई आफ्नो जिन्दगीसँग कुनै पश्चाताप छैन। यो वा त्यो गर्न पाइनँ भन्ने पनि लाग्दैन। मेरो बुझाइ छ— मैले जिन्दगीमा धेरै कुरा पाएको छु। अर्को कुरा म स्टार एक्टर हुँ तर बिहानै समुद्र किनारमा दौडिरहेको हुन्छु। टोपी, मास्क लगाएको हुन्छु, समुद्रमा पौडी पनि खेल्छु। हो, आममानिस जत्तिको गर्न सक्दिनँ तर पनि पब्लिक स्पेसमा पुग्ने प्रयास गरिरहेको हुन्छु। यद्यपि सूर्योदय भएपछि ती कुरा सम्भव हुँदैनन्।
यतिधेरै सुपरडुपर हिट चलचित्रमध्ये तपाईंको मनलाई छोएको कुनै चलचित्र ? आफ्नो जस्तो अनुभूति हुने चलचित्र ?
थुप्रै छन्, कतिपय चलचित्रमा मेरो आफ्नो रियल क्यारेक्टर पनि प्रस्तुत भैरहेको हुन्छ। त्यतिबेला उक्त चलचित्र आफ्ना लागि बढी अर्थपूर्ण र वास्तविक लाग्छ। केही वर्षअघिको चलचित्र धड्कन म नजिकको चलचित्र थियो, जसमा जुन सीधा-सादा क्यारेक्टर थियो, त्यसमा म आफूलाई सही पाइरहेको थिएँ। त्यो चरित्रले मेरो मनलाई छोएको थियो, म जे छु त्यस्तै नै छु जस्तो लागेको थियो। सादापन, इमोसनल, पर्फेक्ट हसबेन्ड, पर्फेक्ट फादर त्यो चलचित्रमा थियो। धेरै नै राम्रो लाग्छ त्यस्तो क्यारेक्टर।
सुटिङका क्रममा थुप्रै राष्ट्र पुग्नुभएको छ। नेपाल ती राष्ट्रभन्दा के अर्थमा फरक लाग्यो ? नेचुरल ब्युटी  त सबैतिर हुन्छ।
नेचुरल ब्युटी त सबै राष्ट्रमा हुन्छ तर नेपालमा जस्तो 'र-नेचुरल ब्युटी' अन्यत्र पाइँदैन। यसलाई सिगार्ने आवश्यकता पनि छैन, जस्तो छ ठीक छ। यहाँ लोकेसन खोजिरहनै पर्दैन, तपाईं जहाँ पनि मज्जाले काम गर्न सक्नुहुन्छ।
बलिउडमा खानसा'बहरूको वर्चश्वलाई अक्षयकुमारले कसरी लिएको छ ?
म यस्तो कहिल्यै सोच्दिनँ, सबैको आ-आफ्नो बजार छ। कसैको पल्ला भारी वा कसैको कम भन्ने छैन। मेरो सबैसँग राम्रो सम्बन्ध छ। म आज जे छु, आफ्नै मेहनत तथा भाग्यको भरमा छु। आमाबुबाको आशीर्वादले काम गरेको छ। हामी सबै सफल हुनुको मुख्य कारण हामी सोच्छौं, उसको, त्यसको, सबैको चलचित्र चलोस्। यो सकारात्मक भावना नै हाम्रो सफलताको मुख्य आधार हो। जति चलचित्र चल्छ त्यति नै उद्योगमा पैसा भित्रिन्छ अनि त्यो पैसाले अरु चलचित्र बन्ने हो, सबैले काम पाउने हो।
हामी देख्छौं खानसा'बहरूको क्याम्पको जबर्जस्त राजनीति, के भन्नुहुन्छ ?
म क्याम्पमा विश्वास राख्दिनँ, किनभने म क्याम्पमा बस्दिनँ घरमा बस्छु। म आरामसँग बलिउड इन्ड्रस्ट्रीको घरमा रहन चाहन्छु, नकि कुनै क्याम्पमा। सबै नायकसँग राम्रो सम्बन्ध छ। प्रदर्शनको हुने तयारीमा रहेको चलचित्र पगलीमा सलमान र म एउटा गानामा साथमै छौं। यस्तै अमिर खान, शाहरूख खानसँग पनि मेरो उत्तिकै दोस्ती छ। चलेका गिन्तीका १० जना हिरो त छौं बलिउडमा, एकआपसमा किन लड्ने ?
नेपाली दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ ?
यसरी नै मेरा चलचित्रहरू हेरिदिनुस्, जुन ६ मा मेरो चलचित्र होलिडे सार्वजनिक हुँदैछ, सबैले हेरिदिनुहोला। एकदमै राम्रो एक्सन चलचित्र बनेको छ। एकदमै इन्टेलिजेन्ट चलचित्र छ, केही सिक्न पाइन्छ, धन्यवाद सबैलाई।
source: http://www.ekantipur.com/np/2071/1/26/full-story/388869.html#sthash.AOkradfF.dpuf

ल्वाङ घलेलको अर्को पहिचान क्यानोनिङ

पोखराबाट करिब २७ किलोमिटर टाढाको ल्वाङघलेलको घलेल गाउँमा क्यानोनिङ (पानीको छहरामा डोरीमा झुण्डिएर रमाउने खेल) को सुरु गरिएको छ । पोखरा सहित ल्वाङघलेल गाउँको पर्यटन प्रवद्र्धन गर्नका लागि घट्टेखोलाको कुदीछहरालाई क्यानोनिङस्थलको रुपमा विकास गर्न गाउँले कस्सिएका हुन् । साहसिक पर्यटक आकर्षण गर्नका लागि सुरु गरिएको क्यानोङिको शनिबारदेखि औपचारिक सुरुवात गरिएको छ ।
पर्यटकीय दृष्टिले ओझेलमा परेको यो छहरालाई क्यानोनिङस्थलको रुपमा उपयोग गर्दै विदेशी पर्यटक भित्रयाउने प्रयास गरेको ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले बताए । केहिदिनदेखि यसको परिक्षण गरिएको भएपनि शनिबारदेखि औपचारिक रुपमा यसलाई सुरुवात गरिएको हो । एकसय ७ मिटर अग्लो कुदीछहरामा सुरु गरिएको क्यानोनिङले ल्वाङ र आसपासका गाउँमा विदेशी र साहसिक पर्यककको आगमन बढ्नेमा स्थानीयबासि आशावादी छन् । ‘
पोखरामा क्यानोनिङ शुरु
बौद्धसिर्जन युवा क्लवका अध्यक्ष राम गुरुङले भने, ‘नयाँ गन्तब्यले यो गाउँको मुहार फेर्ने हाम्रो विश्वास छ । मर्दीहिमालको पदयात्रामार्गमा पर्ने यो क्यानोनिङस्थलको नजिकैको ल्वाङ गाउँको होमस्टे सेवा पनि यसले प्रवद्र्धन गर्नेमा आफुहरु आशावादी भएको गुरुङले बताए । नेपाल क्यानोनिङ एशोसिएनसका अध्यक्ष कर्णबहादुर लामाका अनुसार ग्रामिण पर्यटन प्रवद्र्धन गर्नका लागि क्यानोनिङ निकै नै प्रभावकारी माध्यम हो । हिमाली क्षेत्रमा मात्र साहसिक पर्यटकीय गतिविधि भईरहेकोमा यस्ता पुर्वाधारले ग्रामिण क्षेत्रको प्रवद्र्धनका लागि पनि सघाउने उनले बताए ।
सरकारी नियम नहुँदा अहिलेसम्म क्यानोनिङले औपचारिकता पाएको थिएन । तर तीनमहिना अघि बनेको पर्यटन नीतिले यसलाई सम्बोधन गरेको छ । उनका अनुसार नेपालमा अहिलेसम्म वर्षमा ५ सय जति विदेशी पर्यटक क्यानोनिङ गर्न आउँछन् । फ्रान्स, इटली, स्पेन, ब्राजिलका साहसिक पर्यटक बढि मात्रामा क्यानोनिङ गर्न रुचाउँछन् । क्यानोनिङ गर्दा एकदिनको १ सय अमेरिकीडलर सम्मको शुल्क तिर्नुपर्ने लामाले बताए ।
लामाका अनुसार सन् २००७ देखिमात्र नेपालमा क्यानोनिङ सुरु भएको हो । लम्जुङमा मात्र क्यानोनिङका ९ वटा स्थल छन् । २०११ मा लम्जुङको स्याँगेमा अन्तर्राष्ट्रियस्तरको क्यानोनिङ प्रतियोगिता भएको थियो । त्यसबाहेक मनाङका नार, सिन्धुपाल्चोकको भोटेकोशी, नुवाकोटको ककनी, काभ्रेमा पनि क्यानोनिङ गरिन्छ । ल्वाङमा सुरु भएपछि क्यानोनिङस्थलका लागि कास्की छैटौ जिल्ला भएको छ ।
पोखरामा क्यानोनिङ शुरु
canning (1)
पोखरा आफैमा सुन्दर ठाउँ हो । विश्वका मानिसहरु पोखरा आएपछि एक सुन्दर र रमणीय ठाउँमा आएको महशुस गर्दछन् । पोखरामा ताल तलैया, प्याराग्लाईडिङ, गुफा र झरनालाई एकै शहरमा हेर्ने र आनन्द लिन पाईन्छ । पर्यटकहरुमा पोखरा प्रतिको आर्कषण त छदैछ त्यस माथिपनि क्यानोनिङ खेलको लागि पनि पोखरा उचित गन्तव्य भएको छ ।
cananing 2
पछिल्लो समय कास्की जिल्लाको ल्वाङघलेल गाविसमा सञ्चालन गरिएको यो साहसी खेलले पर्यटकको मन तान्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक पोखरा आएपछि क्यानोनिङका लागि आकर्षित हुने गरेको यसका संचालकहरु बताउँछन् ।
छहराबाट झरेको पानीसँगै डोरीमा झुण्डीएर गरिने क्यानोनिङ खेलबाट मनोरञ्जन पर्यटकहरुले फरक किसिमको अनुभूति र मनोरञ्जन लिन सकिने भएर पर्यटकहरुको आर्कर्षण यस खेल तर्फ बढेको क्यानोनिङ खेल एक सञ्चालल राम गुरुङ बताउँछन् 
पछिल्लो समय दैनिक नेपाली तथा विदेशी क्यानोनिङ खेल्नको लागि आाउने गरेका छन् । यस क्षेत्रमा क्यानोनिङका लागि आवश्यक गाईडको ब्यवस्था गरिएको छ । सुरुमा यस खेलको बारेमा जानकारी नभएपनि पछिल्लो समय मानिसहरुले चासो राखेकोले पोखरा र नेपालका अन्य क्षेत्रमा यो खेलको आर्कर्षण र सम्भावना देखिएको छ ।
के हो क्यानोनिङ ?
पानीको छहरामा डोरीको सहायताले माथिबाट तल आउने खेल हो क्यानोनिङ । यो खेल साहसीक खेल भएकाले सबै उमेरका मानिसहरुले खेल्न सक्दैनन । खासगरि अग्लो छहरामा पानीसँगै तल झनुपर्ने भएकाले हेर्दा जोखिम पुर्ण पनि देखिन्छ ।
क्यानोनिङ खेलको बारेमा यसका सञ्चालक राम गुरुङ भन्छन्, ‘यो खेलमा खासै गोखिमपूर्ण हुँदैन् जो कोहीले पनि खेल्न सक्छन् तर आत्मबल चाहिन्छ ।’
‘हनि हन्टीङ’ खेलबाट सुरु हो क्यानोनिङ, नेपालमा क्यानोनिङकै यसको इतिहाँस चाही खासै लामो छैन् तर ‘हनि हन्टिङ’ भने नेपालका एक समुदायको पुरानो पेशानै हो । 
पोखरामा हाल सञ्चालनमा आएको क्यानोनिङ खेलमा १६० मिटर अल्को छहराबाट क्यानोनिङ गर्ने सकिन्छ । यद्यपि पहिले यो खेल ४५ मटिरबाट ७५ हुँदै १६० मिटरसम्म पुर्याइएको हो ।
क्यानोनिङका लागि पुगेका नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीले क्यानोनिङ पछि पानिमा खेल्नुको मजा नै बेग्लै हुने बताए । यो खेल एक पटक खेलेपछि मानिसहरु अर्को पटक पनि आउने उनको विश्वस छ । पनिको छहरामा डोरी लिएर खस्दा डर लागेपनि प्रकृतीसँग डुबुल्की मारेजस्ता अनुभुति भएको अधिकारीले बताए |
canning (2)
canning (3)
source;ganthan.com